योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन सबैलाई आह्वान

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन सबैलाई आह्वान

१ असोज, काठमाडौं ।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेका हुन् ।

उनले सरकारको सो अभियानमा साथ पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे । सरकारी तथ्यांक अनुसार हाल ६५ हजार ५ सय ६७ जना मात्रै सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रमिकलाई न्यूनतम वेतन समेत नदिने कुनै पनि संस्थामाथि सरकारले कार्वाही गर्ने चेतावनी पनि दिए ।

मन्त्री विष्टले सबै सरकारी तथा निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न पनि सबै विद्यालयहरुलाई सचेत गराए ।

मन्त्री विष्टले निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुको पनि सामाजिक सुरक्षा योजना अन्तर्गत पेन्सनको व्यवस्था गर्ने आश्वासन पनि दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.