सिंगापुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा

२ असोज ७६, बिहीबार

२ असोज, काठमाडौँ ।
नेपाली क्रिकेट टोली आउँदो सेप्टेम्बर २५ मा सिंगापुर प्रस्थान गर्ने भएको छ। यसै संदर्भमा सिंगापुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ। पारस खड्काको कप्तानीमा बिहीबार १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिएको हो ।

Advertisement

नेपालका प्रमुख प्रशिक्षक उमेश पटवालले पत्रकार सम्मेलन गरेर टोलीको घोषणा गरेका हुन् । टिममा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनुभवी बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकर छैनन् ।

अब दीपेन्द्रसिंह ऐरीले उपकप्तानको भूमिका निर्वाह गर्ने छन्। कुशल मल्ल र इशान पाण्डे पहिलोपटक टिममा परेका छन्।  सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ।

Advertisement

नेपाली टिममा पारस खड्का(कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछानेले, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, शुसान भारी, इशान पाण्डे रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top