नागरिक उड्डयन कर्मचारीलाई कानुन विपरित बोनस बाँडिदै

१ असोज ७६, बिहीबार

२ असोज, काठमाडौं ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणले कानुन विपरित कर्मचारीलाई बोनस दिने घोषणा गरेको छ ।

प्राधिकरणले चालु वर्षका लागि १ अर्ब २६ करोड बोनसका लागि बिनियोजन गरेको छ । बोनस ऐन र नियमावलीमा भएको पछिल्लो संसोधनले नियमक निकायले बोनस दिन नपाउने व्यवस्था गरेको थियो ।

Advertisement

तर प्राधिकरणका महानिर्देशकले संस्था नियमक भन्दा पनि व्यावसायिक धेरै भएकाले बोनसका लागि रकम व्यवस्था गरिएको बताए । नागरिक उड्डयन ऐनले प्राधिकरणलाई व्यवसायिक संस्थाको रुपमा व्यवस्था गरेकाले बोनस स्वभाविक भएको उनले बताए ।

बोनस नियमावली २०३९ को चौथो संसोधनले नियामक निकायलाई बोनस वितरणमा रोक लगाएको छ ।

Advertisement

स्थापना पछि २०६८ सालमा पहिलोपटक नाफामा गएको प्राधिकरणले सरकारी लगानीअनुसार लाभांस दिइरहेको र कानूनअनुसार कर्मचारीलाई पनि बोनस दिनुपर्ने भन्दै प्रत्येक वर्षको बजेटबाट बोनस छुट्याउँदै आएको छ ।

देशभर विमानस्थल संचालन गर्दै आएको प्राधिकरणले चालु आर्थिक वर्षका लागि ४६ अर्ब ९६ करोडको बजेट ल्याएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top