अब प्रदेश १ मा देखिने छैनन् वेबारिसे सडक मानव !

४ असोज, विराटनगर । प्रदेश १ का १ सय विद्यालयमा पहिलोपटक डिजिटल साक्षरता अभियानको सुरुवात गरेको प्रदेश १ सरकारले प्रदेशलाई सडक मानवमुक्त प्रदेश बनाउने महत्वपूर्ण अभियानको थालनी गरेको छ ।

शनिबार विराटनगर–३ मदननगर टोलबाट एक महिलाको उद्धार गरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले अभियानको थालनी गरेका हुन । विसं २०४३ सालमा हस्तबहादुर कार्की सँग वैवाहिक जीवनमा बाँधिएकी ४५ वर्षीया लिला कार्र्की २०४७ सालबाट नै मानसिक समस्यामा परिन । उनको उपचारका लागि परिवारले ५÷६ वर्षसम्म विभिन्न ठाउँ डुलाएपनि २० को १९ भएन ।

२ छोरा र एक छोरीकी आमा समेत रहेकी कार्कीको मानसिक सन्तुलन गुमेपछि गाँस र बासको समेत टुङ्गो नभएको श्रीमान हस्तबहादुर कार्की बताउँछन् । उद्धार गरेर कार्कीलाई विराटनगर– १० मा रहेको मानव सेवा आश्रम तीनटोलियामा लगेपछि अब उनको उपचार तथा खान बस्नको सम्पूर्ण प्रबन्ध आश्रमले गर्नेछ ।

परिवार नभएका र विचल्लीमा परेकाहरुलाई परिवारको जस्तो वातावरणमा राखिने आश्रमका सेवक नवराज केसी बताउँछन् । सडक मानवमुक्त प्रदेश बनाउन प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सक्दो सहयोग गरिरहेको उनको भनाई छ ।

सडक मानवरहित प्रदेश बनाउन प्रदेश सरकारको निति तथा कार्यक्रम अनुरुप काम थालनी गरिएको मन्त्री घिमिरेले बताए । उनले केही समयमै प्रदेश एकलाई सडक मानवरहित प्रदेश बनाईने बताउँदै वेवारिसे ढंगबाट कसैले पनि सडकमा बस्नुपर्ने बाध्यता नआउने बताए । मानसिक रोगी महिलाहरु विभिन्न हिंसाका शिकार बन्नेगरेको पाईएकोले पहिलो चरणमा मानसिक रोगी महिलाको उद्धार गरिने उनको भनाई छ ।

प्रदेश सरकारले यसअघि पनि सामूहिक बलात्कारको शिकार भएकी भोजपुरकी एक महिलालाई शिशुसहित उद्धार गरी आश्रममा ल्याएको थियो । यस किसिमका व्यक्तिहरुको तथ्यांक संकलन भईरहेको र चाँडै कार्ययोजना बनाएर अगाडि बढ्ने प्रदेश सरकारले जनाएको छ ।

सडक मानवरहित बनाउने प्रदेश सरकारको यो योजना प्रशंसनीय र उदाहरणीय छ । यसमा हामी सवै प्रदेशवासीले सहयोग गर्न जररी छ । साथै यसको प्रभाकारी कार्यान्वयन्का लागि समेत हामीले खबरदारी गर्नुपर्ने देखिन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top