समाजवादका लागि फौजी आन्दोलन आवश्यकः पुष्पकमल दाहाल

समाजवादका लागि फौजी आन्दोलन आवश्यकः पुष्पकमल दाहाल

६ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको आधार निर्माण गर्न पार्टी भित्र वैचारिक स्पष्टताको आवश्यक्तामा जोड दिएका छन् ।

अध्यक्ष दाहालले वैचारिक स्पष्टता तथा त्यस अनुसारको व्यवहार, आचरण, क्रियाकलाप र जीवनचर्या नभए पार्टीको हालत पनि पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरुको जस्तै हुने पनि स्पष्ट पारे ।

नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको पाँचौं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई समाजवादको बाटामा अघि बढाउन एउटा फौंजी आन्दोलनको चाहिएको पनि बताए ।

‘हामीलाई चाहिएको छ, एउटा आन्दोलन, हामीलाई चाहिएको छ, अर्को एउटा अभियान, अर्को एउटा मिसन । त्यो मिसन पूरा गर्नका लागि सम्पूर्ण तागत लगाएको संकल्पगत एकता पैदा गर्ने विशाल फौंज’ अध्यक्ष दाहालको भनाई थियो, ‘त्यो नगर्ने हो भने पार्टीको हालत पूर्वी युरोपको कम्युनिष्ट पार्टीहरुको जस्तै हुनेछ ।’ अध्यक्ष दाहालले समाजवादको आधार निर्माणका लागि कुरा होइन, कामै गरेर देखाउने बेला आएको पनि बताए ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले महिला नेतृ सहाना प्रधानाके सपनालाई पूरा गर्न पार्टी भित्र महिला समानताको पक्षमा अझै लडाई गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

पार्टीको संरचनामा पनि महिलाहरुको समान सहभागिता गराएर मात्रै नेतृ प्रधानको सपनालाई साकार पार्न सकिने वरिष्ठ नेता खनालको भनाई थियो ।

तत्कालीन नेकपा एमालेकी नेतृ प्रधानले नेपालको महिला आन्दोलन, नेपालको बाम–प्रजातान्त्रिक आन्दोलनमा महत्पूर्ण योगदान पुर्याएकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.