पहिलो विकेन्डमै लगानी उठाएर ‘कबड्डी ३’ नाफाको बाटोमा

५ असोज ७६, सोमबार

६ असोज, काठमाडौँ ।
शुक्रवारदेखि प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्दे्शित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा आक्रामक ब्यापार गरिरहेको छ ।

Advertisement

चलचित्र हेर्ने दर्शकको भिड आइतबार पनि मल्टीप्लेक्स र सिंगल थिएटर स्क्रिनमा उत्तिकै रह्यो । वितरक कम्पनी ‘स्टेसन ५’ले दिएको जानकारी अनुसार चलचित्रले आइतबार १ करोड ७ लाख ग्रस कलेक्सन गरेको छ ।

बलियो वर्ड अफ माउथले गर्दा आइतबार पनि चलचित्रले राम्रो व्यापार गर्न सफल भएको हो । चलचित्रले पहिलो विकेन्डमै ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ । यससँगै ‘कबड्डी कबड्डी कबड्डी’ले विकेन्डमै लगानी उठाएर गरेर नाफाको बाटोमा लागेको छ ।

Advertisement

चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाखको व्यापार गरेको थियो ।साथै प्रदर्शनको दोस्रो दिनमा १.७८ करोडको ग्रस कलेक्सन गर्दै नयाँ रेकर्ड राख्न सफल भएको थियो ।

दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सन विक्रम राई, कर्म, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, लुनिभा तुलाधर, कविता आले, पुष्कर गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको चलचित्र लामो रेसको घोडा बन्ने निश्चित भैसकेको छ ।

Advertisement

सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा चलचित्र निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमनन्द रौनियारले लगानी गरेका छन् । भने, सह–निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top