×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाहिरी चक्रपथको जिम्मा चिनियाँ कम्पनीलाई

६ आश्विन २०७६

६ असोज, काठमाडौँ ।
सरकारले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ परियोजनाको कामको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको लगानी बोर्डको ४० औं बैठकले सो परियोजनाको कामलाई अघि बढाउने जिम्मेवारी ‘चिनियाँ कम्युनिकेशन पूर्वाधार कम्पनी’ दिने निर्णय गरेको हो ।

सो परियोजनालाई अघि बढाउन ४ वटा प्रस्ताव आएकोमा सो कम्पनीलाई छनौट गर्ने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । बैठकले निजगढ अन्तराष्ट्रिय विमानस्थल परियोजनाको विकास गर्ने कामको जिम्मेवारी जापानको जुरिच ईन्टरनेशनल एयरपोर्टलाई दिने निर्णय पनि गरेको छ । सो परियोजनाको विकास प्रतिवेदन ४५ दिन भित्र पेश गर्ने गरी सो परियोजनाको कामलाई अघि बढाउने जिम्मेवारी जुरिच इन्टरनेशनल एयरपोर्टलाई दिइएको पनि बोर्डले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

बैठकले तल्लो अरुण जलविद्युत आयोजनाको कामलाई अघि बढाउन एस जेभिन, भारत, जे पावर, जापान र चाईना पावर कन्स्ट्रक्सन कम्पनीको सर्ट लिष्ट पनि तय गरेको छ । ती कम्पनीहरुबाट विस्तृत प्रतिवेदन माग गरेपछि सो परियोजनाको कामलाई अघि बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top