सोलुखुम्बुमा कात्तिकमा बाह्रखरी एभरेष्ट गल्फ हुने

६ असोज ७६, मंगलबार

६ असोज, काठमाडौँ ।
विश्वको सर्वाधिक उचाईमा आयोजना हुने बाह्रखरी एभरेष्ट गल्फ आगामी कात्तिकमा आयोजना हुने भएको छ । बाह्रखरी मिडिया इभेन्ट्सले सोमबार पत्रकार सम्मेलन गर्दै बाह्रखरी एभरेष्ट गल्फ कात्तिक ३ र ९ गते आयोजना हुने जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्दन गर्ने उदेश्यले आयोजना हुने प्रतियोगिता सोलुखुम्बुको कोङ्दे री र गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगिता अन्तर्गत पहिलो चरणमा कात्तिक ३ गते ४ हजार २५० मिटर उचाईको कोङ्दे रीमा प्रतिस्पर्धा हुनेछ । जहाँ आयोजकले गोकर्ण गल्फ क्लबको सहयोगमा वान होल गल्फ कोर्स तयार भईरहेको जनाएको छ । यो विश्वकै सबैभन्दा अग्लो स्थानमा भएको गल्फ प्रतियोगिता हुने आयोजकले जनाएको छ । जुन विश्व कीर्तिमान समेत हो ।

सगरमाथा क्षेत्र कोङ्दे रीमा ४० बढी कर्पोरेट गल्फरले १ पार ३ कोर्समा प्रतिस्पर्धा गर्ने छन् । बाँकी रहेको १७ होलको खेल गोकर्ण गल्फ कोर्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । दोस्री चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरि करिब १०० गल्फरले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले गोल्डेन बल प्राप्त गर्ने छन् । यस्तै आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Advertisement

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको बाह्रखरी गल्फका लागि भारत, चीन, अमेरिका,सिंगापुर, श्रीलंका, हङकङ, बेलायत लगायत राष्ट्रका पत्रकार आमन्त्रण गरिएको आयोजकले जनाएको छ । यस्तै बीबीसी, सिएनएन, रोयटर्स, एपी, एएफपी, ब्लुमवर्ग लगायतका अन्तराष्ट्रिय समाचार संस्थालाई बोलाइएको आयोजकले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top