×

NEPAL TIMES UPDATES

Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026

यसरी हुँदैछ चिनियाँ राष्ट्रपति सीलाई स्वागतको तयारी

६ आश्विन २०७६

६ असोज, काठमाडौँ । 

मित्रराष्ट्र चीनका राष्ट्रपतिको भ्रमण नेपालको एउटा व्यग्र प्रतीक्षाको विषय हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले हुन्छ भन्ने चर्चा नेपाली सञ्चारमा छाएको पनि धेरै वर्ष भयो । सञ्चारमाध्यममा मात्र नभएर नेपालीमाझ पनि यो चासोले बढी नै चर्चा पाउने गरेको छ ।

Advertisement
Advertisement

निकै लामो प्रतीक्षापछि अब भने चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने निश्चितजस्तो भएको पछिल्ला बहस र चर्चाहरुले देखाएको छ । असोजको अन्तिम सातासम्म उनी नेपाल आउने सूचना देशका जिम्मेवार सञ्चारगृहहरुले सम्प्रेषण गरिरहेका छन् ।

विदेश मामिलाका जानकारहरुका आलेख एवम् विचारहरुमा यो भ्रमणको सम्भावना र सुनिश्चितताका अभिव्यक्ति देखिन्छ । उनीहरुका विचार सुन्दा लाग्छ मित्रराष्ट्र चीनका राष्ट्रपतिको नेपाल आगमन कहिले होला भन्ने प्रतीक्षाको घडी अब सकिइसकेको छ र उनले निकट भविष्यमै नेपालको भ्रमण गर्न लागेका छन् ।

गत भदौ २२ मा नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी यहाँ तीन दिन रहे । यो भ्रमण पनि चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणको तयारी प्रक्रियाको प्रारम्भका लागि रहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अभिव्यक्तिबाट पनि बुझ्न सकिन्छ । नेपाल आएकै दिन विदेशमन्त्री यीले पनि केही नेपाली प्रतिनिधिसँग गर्नुभएको एक अन्तरक्रियामा भ्रमणको सम्भावनाका बारेमा कुराकानी गर्नुभएको बताइएको थियो ।

विदेशमन्त्रीको भ्रमणयता राष्ट्रपति सीको नेपाल भ्रमणको चर्चा शिखरमा पुगेको छ । नेपाल सरकारले औपचारिक रुपमा घोषणा नगरे पनि विभिन्न सञ्चारमाध्यमहरुले सीको नेपाल भ्रमणको तिथिमिति नै सार्वजनिक गरिरहेका छन् । यति मात्र नभएर उनी नेपाल आएपछि के कस्ता सहयोग, सम्झौता एवम् विकास परियोजनाहरुमा हस्ताक्षर हुनेछ भन्ने बारेमा समेत सञ्चारमाध्यममा आइरहेको छ ।

परराष्ट्र मन्त्रालयले उपयुक्त समयमा चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने औपचारिक जानकारी बारम्बार दिने गरेको छ । नेपालस्थित चिनियाँ दूतावासको धारणा पनि यस्तै आसयको आउने गर्दछ । तर नेपाल सरकारका अन्य अधिकारी, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता तथा मन्त्रीहरुका सार्वजनिक अभिव्यक्तिहरुले राष्ट्रपति सीको नेपाल भ्रमणको लगभग तयारी नै शुरु भएको जस्तो देखाउँछ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भदौ अन्तिम साता काठमाडौँको टोखामा आयोजित एक कार्यक्रममा ‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ जोड्ने झोरदेखि जोरभञ्ज्याङ हुँदै नुवाकोट निस्किने सुरुङ मार्गसहितको सडक बनाउने विषयमा सहमति हुने’ बताएका थिए ।

त्यसैगरी सोही भ्रमणकै क्रममा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको औपचारिक प्रक्रियाको शुरुआत हुने जानकारी पनि उनले दिए । उपप्रधानमन्त्रीको यो अभिव्यक्तिबाट भने राष्ट्रपति सी नेपाल आउने निश्चित भएको सजिलै बुझ्न सकिन्छ । चिनियाँ विदेशमन्त्री यीसँगको द्विपक्षीय वार्तापछि परराष्ट्रमन्त्री ज्ञवालीले पनि वार्ताका क्रममा ‘सीको नेपाल भ्रमणको विषयमा कुरा भएको’ बताएका थिए । उनले राष्ट्रपति सीको भ्रमण लगभग निश्चित भएको प्रतिक्रिया संवाददाताहरुलाई दिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्न लागेका हुन् । हाल देशमा भएको चर्चा र सरकारको तयारीबमोजिम उनको भ्रमण भयो भने निकै लामो समयपछि मात्र मित्रराष्ट्र चीनका राज्यप्रमुखको नेपाल भ्रमण हुनेछ । उनी २३ वर्षयता नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति हुनेछन् ।

आसन्न भ्रमण नेपालको लामो प्रतीक्षा भएकाले पनि सहयोग र सम्झौताका विभिन्न विषयमा आवश्यक छलफल, व्यापक चर्चा र तयारीहरु गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा आएदेखि नै नेपालमा चिनियाँ रेलको एजेन्डाको चर्चा थाल्नुभएकाले पनि यो भ्रमणमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेबारेमा दुई देशबीच सम्झौता हुन सक्ने अनुमान गरिएको छ ।

त्यस्तै केरुङ–काठमाडौँ सुरुङ मार्गसहितको सडक निर्माणका विषयमा पनि आवश्यक सहयोग सम्झौता हुन सक्ने अनुमान सर्वत्र गरिएको छ । केही वर्षअघि भारतले नेपालमा नाकाबन्दी लगाएदेखि नै आम नेपाली नागरिकले वैदेशिक बन्द व्यापार तथा आधारभूत आवश्यकताको आपूर्तिका लागि निकासको दोस्रो विकल्पको खोजी गरिरहेका छन् । दक्षिणतर्फ नेपालको सिमाना खुला र सहज छ । तर व्यवहारमा भने कहिलेकाहीँ जटिलता देखापर्ने गर्छ । जसका कारण आधारभूत आवश्यकताका लागि पनि दक्षिणतर्फ निर्भर रहनु परिरहेको वास्तविकताले हाम्रो अर्थतन्त्र मात्र नभएर नागरिकको जीवनलाई समेत प्रभावित पार्ने गरेको हुन्छ ।

तर हाम्रो उत्तरी भूगोलको जटिलताका कारण मित्रराष्ट्र चीनसँगको सम्बन्धलाई भौतिक रुपमा जोड्न सकिएको छैन । दक्षिणतर्फजस्तो सहज बनाउन सकिएको छैन । त्यसैले पनि राष्ट्रपति सीको नेपाल भ्रमणमा दुई देशबीचको कनेक्टिभिटीमा जोड दिइयोस् भन्ने माग सबै नेपालीको छ । नेपाली नागरिकले सबैभन्दा बढी इच्छ्याएको विषय पनि उत्तरी छिमेकीसँग भौतिक रुपमा जोडिन पाइयोस् भन्ने नै हो ।

दुई पक्षीय समझदारीमा दुवै देशले एकै पटक नै औपचारिक भ्रमणको मिति सार्वजनिक गर्ने कूटनीतिक परम्पराका कारण सीको भ्रमणको मिति भने सार्वजनिक गरिएको छैन । तर पनि चिनियाँ विदेशमन्त्रीको हालैको औपचारिक भ्रमणका क्रममा सीको नेपाल भ्रमणलाई केन्द्रविन्दुमा राखेर छलफलहरु भएको बताइन्छ ।

सीको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्झौता तथा समझदारीमा कोदारी राजमार्गको स्तरोन्नति, काठमाडौँको चक्रपथ विस्तार, मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण, किमाथाङ्का र तमोर जलविद्युत् आयोजना निर्माण, किमाथाङका–जोगबनी राजमार्ग र कोरला भञ्ज्याङ मार्ग निर्माण आदि विषयहरु बढी चर्चामा छन् । तर यसको औपचारिक जानकारी भने नेपाल सरकारले सार्वजनिक रुपमा दिएको छैन ।

नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागका उपप्रमुख विष्णु रिजालले आफू चिनियाँ राष्ट्रपति नेपाल आउनेमा पूर्णरुपमा आशावादी रहेको बताए । उनले कूटनीतिक तह र च्यानलहरुबाट भ्रमणका प्रक्रियाका बारेमा व्यापक तयारी भइरहेको र दुई देशका सरकारहरुले पनि आसन्न भ्रमणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सूचना आफूले पाएको बताए ।

नेपाल चीनबीचको सम्बन्ध विगतदेखि नै सौहाद्र्र रहँदै आएको र नेपालले पनि चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको बताउँदै रिजालले नेपालमा जुनसुकै राजनीतिक दलको सरकार भए पनि एक चीन नीतिप्रति सधैँ अडिग रही आएकाले नेपालको यस नीतिको चीनले उच्च मूल्याङ्कन गर्ने गरेको प्रसङ्ग पनि उल्लेख गरे ।

उपप्रमुख रिजालले चीनजस्तो समृद्ध छिमेकका राष्ट्रपतिले यति लामो समयपछि नेपालको भ्रमण गर्नु हाम्रा लागि ठूलो महत्वको विषय हो भन्दै यस भ्रमणका क्रममा नेपालले कनेक्टिभिटीमा नै बढी प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए । त्यसयता चिनियाँ राष्ट्रपति तहबाट नेपाल भ्रमण नभएकामा सीको भ्रमण हुन लागेको हो । त्यसैले पनि यो भ्रमणले बढी चासो र चर्चा जन्माउनु स्वाभाविकै हो ।

राष्ट्रपति सीले सन् २०१६ मा नै नेपाल भ्रमण गर्ने तय भएको बताइएको थियो । तर सो भ्रमण अन्तिममा आएर रोकिएको थियो । त्यो समय बाङ्गलादेश हुँदै नेपाल आउने कार्यतालिका रहेको भनिए पनि पछि हुन सकेन ।

त्यसयताका नेपालका सबै सरकारले चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउने प्रयास गरे पनि सफल हुन सकेन । यस विषयमा नेपालको उच्च राजनीतिक तह र नेपाली सञ्चारले राख्ने गरेका जिज्ञासामा चीनको जवाफ ‘उपयुक्त समयमा नेपाल भ्रमण हुनेछ’ भन्ने मात्र रह्यो । तर अब भने यो औपचारिक जवाफभन्दा माथि उठेर दुई देशबीचको कूटनीतिक उचाइ ग्रहण गर्ने समय नजिकिएको देखिन्छ ।

चिनियाँ राष्ट्रपति सी आधुनिक चीनको विकासमा देङ स्याओ पिङपछिको चर्चामा रहेका छन् । चीनको वर्तमान आर्थिक विकासको शिलान्यास देङको खुला चीन नीतिलाई मानिएजस्तै चीनलाई अहिले विश्वमा पु¥याउने काम सीको बिआरआईजस्तो बृहत् आयोजना र वर्तमान आर्थिक विकासलाई मान्ने गरिएको छ । यसरी पनि चीनको प्रभाव विश्वको नयाँ नयाँ भूगोलमा फैलिँदैछ ।

हालैका दिनमा चिनियाँ उच्चस्तरीय भ्रमण नेपालमा बाक्लिएको छ । विदेशमन्त्रीपछि चीनको विदेश विभागका प्रमुख सङ ताओ यतिखेर नेपालमै रहेका छन् । उनको प्रतिनिधिमण्डल र नेकपाका नेताहरुबीच वैचारिक तथा द्विपक्षीय विविध विषयमा राजधानीमा छलफल हुँदैछ ।

Advertisement

यस कार्यक्रममा पनि राष्ट्रपति सीको आसन्न चीन भ्रमणका विषयमा छलफल हुने नै छ । यसै महीनाको अन्त्यतिर करीब दुई दिन हुने भनिएको आसन्न भ्रमणको तयारीमा दुवै देशका सरकार जुटेको देखिन्छ । र नेपाली नागरिक चिनियाँ राष्ट्रपति सीलाइ काठमाडौँमा स्वागत गर्न आँतुर देखिन्छन् । रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top