धनपालथानमा आगलागी हुँदा ३ लाखको क्षति

७ असोज ७६, बुधबार

७ असोज, विराटनगर ।
मोरङको धनपालथान गाउँपालिका –६ दादरबैरियामा आगलागी हुँदा ३ लाख ७४ हजार ५ सय बराबरको क्षति भएको छ ।

Advertisement

मंगलबार बिहान राती १ बजेको समयमा आगलागी हुँदा दादरबैरियाका शैलेन्द्र कँडेलको टिनको छाना भएको काठले सेन्टीबेरा गरेको २ तले घर जलेर नष्ट भएको थियो ।

घरमा बिद्युत सर्ट भई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागीबाट मानविय तथा चौपायामा क्षति नभएको र उक्त आगो स्थानीयबासी, प्रहरी र रंगेली नगरपालिकाको दमकलको सहयोगमा साढे २ बजे पूर्ण रुपमा नियन्त्रण आएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top