करेन्ट लागेर विद्युत कार्यालय धनकुटाका कर्मचारीको मृत्यु

८ असोज, धनकुटा ।
धनकुटाको सागुरीगढी गाउँपालिका–९ बेदुवाडाडा स्थितमा रहेको बिजुलिको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत कार्यालयका १ जना कर्मचारीको मृत्यु भएको छ ।

Advertisement

बुधबार दिउँसो १ बजेको समयमा धनकुटा नगरपालिका–८ घर भई बिधुत कार्यालय धनकुटामा कार्यरत रहेका ५६ बर्षिय बल बहादुर भण्डारीलाई बिजुलिको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो ।

उनलाई उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा ल्याईएकोमा उपचारको क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top