अरिङ्गालले टोकेर उदयपुरमा १ जनाको मृत्यु

९ असोज, उदयपुर ।

उदयपुरको कटारी नगरपालिका–९ लिम्पाटारका ३२ बर्षीय दलबहादुर परियारको अरिङ्गालले टोकेर मृत्यु भएको छ ।

बुधवार दिउँसो १ बजे आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङ्गालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर परियार घाईते भएका थिए ।

परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Scroll to Top