९ असोज, उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका–६ जलजले चोकबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार राती साँढे ७ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ जाँदै गरेको ना १ ज ८५०९ नम्बरको गाडीमा सवार रहेका त्रियुगा नगरपालिका–६ का २० बर्षीय अमोद महतोलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले डाईजेल्याव–११ एम्पुल, लुपिजेसीक–१२ एम्पुल र फेनारागन–१५ एम्पुल बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका महतोको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।