अमेरिकी र युक्रेनी राष्ट्रपतिविच भएको टेलिफोन कुराकानीको सारांश सार्वजनिक

८ असोज ७६, बिहीबार

९ असोज, एजेन्सी । अमेरिकामा ट्रम्प प्रशासनले गत जुलाइमा राष्ट्रपतिले गरेका टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको छ ।

अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध महाअभियोग लागाउन औपचारिक अनुसन्धानको प्रक्रिया सुरु भएको घोषणा गरेलगत्तै ह्वाइटहाउस प्रशासनसले टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको हो ।

जसमा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा आफ्ना सम्भावित प्रत्यासी जो बाइडन र एक युक्रेनी ग्यास फर्ममा काम गर्ने उनका छोराविरुद्ध जाँच सुरु गर्न आग्रह गरेका छन् ।

Advertisement

टेलिफोन कुराकानीमा ट्रम्पले वाइडनको छोरालाई लिएर चर्चा चलिरहेको तर वाइडनले छानविन रोकिदिएको भन्दै अधिकांश व्यक्तिले छानविन खोजेको बताएका छन् ।

वाइडनले छानविनलाई रोकें भनेर फुर्ति लगाएको र आफुलाई यो मुद्दा भयानक लागेको टेलिफोन वार्तामा ट्रम्पले भनेका छन् । कुराकानीमा ट्रम्पले जेलेन्सीकीसँग जो वाइडनले युक्रेनका शीर्ष सरकारी वलिक विक्टर शौकीनलाई हटाउन दवाव दिएका थिए ।

Advertisement

ट्रम्पले भने राष्ट्रपतीय चुनावका आफ्ना सम्भावित प्रत्यासीविरुद्ध त्यस्तो अनुसन्धानको माग गरिएको विषय अस्वीकार गरेका छन् । एक सुराकीले औपचारिक रुपमा उजुरी हालेको समाचार आएपछि ट्रम्प र जेलेन्सकीबीचको टेलिफोन वार्ताबारे विवाद चर्किएको हो ।

ट्रम्पले जुलाइ २५ तारिखमा भएको भनिएको टेलिफोन वार्ताको पूर्ण र सम्पादन नगरिएको विवरण सार्वजनिक गर्ने वाचा गरेका थिए । तर ह्वाइट हाउसले बुधवार बिहान सार्वजनिक गरेको विवरणमा भने अमेरिकी अधिकारीहरूले सुनेर तयार गरिएको संवादमात्रै समेटिएको छ ।

ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्वरुप करिब ४० करोड डलर रोक्न निर्देशन दिएको केही दिनपछि उक्त टेलिफोन कुराकानी बाहिरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top