सुनको मूल्य १ हजारले घट्यो

९ असोज, विराटनगर । साताको पाँचौ दिन बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा बिहीबार १ हजारले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलाको ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ । बुधबार चाँदी ८ सय ९० मा कारोबार भएको थियो ।

अन्तर्रा्ष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।

Scroll to Top