१० असोज, सिरहा ।
नेपालमा भ्रमण वर्ष २०२० का अवसरमा प्रदेश २ मा पनि उल्लेखीय पर्यटक भित्रयाउन प्रदेश सरकारकाले पहल सुरु गरेको छ ।
नेपाल भ्रमण बर्ष २०२० का प्रदेश न .२ का समन्वय समितिका संयोजक मनिष झाको अध्यक्षता सिरहाको लहानमा धार्मिक, सांस्कृतिक धरोहरहरुको प्रवद्र्धन गरौभन्ने उद्धेश्यले एक छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा प्रदेश २ का पर्यटन बन तथा बाताबरण मन्त्री राम नरेश रायले आफ्नो देश र प्रदेशमा भएको सांस्कृतिक, धरोहर र सम्पदाहरुलाई प्रदेश स्तरमा मात्रै चिनाउन सके प्रदेश मात्रै होइन पुरै देशमै पर्यटकको घुइँचो लाग्ने बताए ।
उनले प्रदेश भित्रको धार्मिक, सांस्कृतिक धरोहरहरुको यकिन गरौं’ आफ्नै ठाउँबाट केही उपलब्धि गरौं, केन्द्रीय सरकारको आशमा नबस्न पनि आग्रह गरे ।
सिरहाको शलहेश फुलवारी ,सप्तरीको छिन्नमस्ता भगवती , राजदेवी मन्दिर , बाबा तला जस्ता धर्मिक र पर्यटकीय ठाउँहरुलाई संरक्षण र सम्बद्र्धन गर्न सक्नुपर्नेमा उनले जोड दिए । छलफलमा सिरहा ,सप्तरी र धनुषा लगायतका जिल्लाका बुद्धिजिबीहरुको सभागिता रहेको थियो ।