दुहवीमा गाँजासहित एक ब्यक्ति पक्राउ

दुहवीमा गाँजासहित एक ब्यक्ति पक्राउ

१० असोज, सुनसरी ।

सुनसरीको दुहवीबाट गाँजासहित एक ब्यक्ति पक्राउ परेका छन् ।

दुहवी नगरपालिका ७ भलुवाबाट एक केजी गाँजासहित स्थानीय ६५ बर्षीय हकिम पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा बिहिवार राती ८ बजे इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले पासवानको घर खानतलासी गर्ने क्रममा घरमा लुकाई छिपाई राखेको अवस्थामा एक केजी गाँजा बरामद गरेको हो ।

गाँजासहित पक्राउ परेका पासवानका विषयमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.