पाकिस्तानी सोशल मिडिया स्टार कन्दील बलोच हत्याकाण्डमा उनका भाइलाई जन्मकैद

९ असोज ७६, शुक्रबार

१० असोज, एजेन्सी ।
पाकिस्तानकी सोशल मिडिया स्टार कन्दील बलोचको हत्या घटनामा अदालतले उनका भाइ मोहम्मद वसीमलाई जन्मकैदको सजाय सुनाएको छ ।

अदालतले उनका अर्का भाइ मोहम्मद आरिफलाई वान्टेडको सूचीमा राखेको छ । यस्तै मुख्य अभियुक्त मुफ्ती अब्दुल कवी समेत चार अन्य अभियुक्तलाई रिहा गर्ने आदेश दिएको छ ।

फैसला सुनाएपछि मुफ्ती अब्दुल कवीले न्यायपालिका माथि भरोसा बढेको र यसको इमान्दारीता कायम रहने विश्वास आफूले लिएको बताए । पाकिस्तानी सोशल मिडिया सेलिब्रिटी कन्दील बलोचको जुलाई २०१६ मा हत्या भएको थियो ।

१५ जुलाई २०१६ मा कन्दील बलोचको उनकै भाइले हत्या गरेको खुलेको थियो । मध्यराति पक्राउ परेका उनका भाइ वसीमले हत्या स्वीकारेका थिए । उनको भनाई थियो कि कन्दीलका कारण उनको परिवारको बेइज्जती भइरहेको थियो ।

तर केही समयपछि उनले आफ्नो बयान बदलेका थिए । कन्दीलको पोष्टहरुमा आउने प्रतिक्रिया भाइ वसीमलाई मन परेको थिएन । आफ्नो बोल्ड अवतारका कारण कन्दीलले पाकिस्तानी सोशल मिडियामा सनसनी मच्याएकी थिइन् ।

उनको भिडियो सोशल मिडियामा पोष्ट हुन थालेपछि लाखौँ प्रशंसक बनेका थिए र केही व्यक्तिहरु उनीसँग रिसाएका थिए । धेरै मानिसहरुले उनीमाथि इस्लामको अपमान गरेको आरोप लगाएका थिए ।

कन्दीलले हत्यापूर्व बिबिसीलाई दिएको एक अन्तर्वार्तामा आफ्नो हत्या गर्ने धम्की आउने गरेको बताएकी थिइन् ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top