क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन जारी

१० असोज ७६, शनिबार

११ असोज, काठमाडौँ । आईसीसीद्वारा लामो समयदेखि निलम्बित रहेको नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि शनिबार निर्वाचन भइरहेको छ ।

Advertisement

क्यानको नयाँ नेतृत्वमा अक्ष्यक्ष पदका लागि क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले र चतुरबहादुर चन्दले उम्मेदवारी दिएका छन् ।

यस्तै उपाध्यक्ष पदमा मिङ्मा डाण्डु शेर्पा र राजुबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् भने सचिवमा विनोद कुमार मैनाली र अशोकनाथ प्याकुरेलले उम्मेदवारी दिएका छन् ।

Advertisement

यसैगरी कोषध्यक्ष पदमा रोशन कुमार सिंह र उपेन्द्र भट्टराईको उम्मेदवारी परेको छ । १७ सदस्यीय नयाँ कार्यसमितिका लागि २९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top