११ असोज, काठमाडौँ । आईसीसीद्वारा लामो समयदेखि निलम्बित रहेको नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि शनिबार निर्वाचन भइरहेको छ ।
क्यानको नयाँ नेतृत्वमा अक्ष्यक्ष पदका लागि क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले र चतुरबहादुर चन्दले उम्मेदवारी दिएका छन् ।
यस्तै उपाध्यक्ष पदमा मिङ्मा डाण्डु शेर्पा र राजुबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् भने सचिवमा विनोद कुमार मैनाली र अशोकनाथ प्याकुरेलले उम्मेदवारी दिएका छन् ।
यसैगरी कोषध्यक्ष पदमा रोशन कुमार सिंह र उपेन्द्र भट्टराईको उम्मेदवारी परेको छ । १७ सदस्यीय नयाँ कार्यसमितिका लागि २९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।