क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी

११ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।

क्यानको विशेष साधारणसभा अन्तर्गत शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विनयराज पाण्डेलाई पराजित गर्दै उनी अध्यक्षमा चयन भएका हुन् । चन्दले ४४ मत ल्याएका छन् भने पाण्डेले १५ मत ल्याएका हुन् ।

उपाध्यक्षमा राजुबाबु श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ४१ मत र उनका प्रतिस्पर्धी मिङ्मा डन्डु शेर्पाले १७ मत ल्याएर छन् ।

त्यस्तै, सचिवमा विनोद मैनालीलाई पराजित गर्दै अशोकनाथ प्याकुरेल विजयी भएका छन्। प्याकुरेलले ४३ मत ल्याएका छन् भने मैनालीले १५ मत ल्याए ।

कोषाध्यक्षमा रोशनकुमार सिंहले ४५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी उपेन्द्र भट्टराईले १३ मत ल्याए । त्यस्तै, सदस्यमा प्रदेश १ मा कैलाश विष्ट र प्रदेश ३ मा अमीरवीर पाण्डे विजयी भए ।

यसअघि प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त मल्ल, प्रदेश ६ बाट पदम खड्का र प्रदेश ७ बाट विक्रम विष्ट निर्विरोध चयन भएका थिए ।

यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध भएकी थिइन्। उनी एक्ली महिला प्रतिनिधि भएकाले उम्मेवादरी दिए लगत्तै निर्विरोध भएकी हुन्।

केन्द्रीय समितिमा एक जना महिला सदस्य अनिवार्य हुने प्रावधान छ । खुला सदस्यमा भने वीरेन्द्र बहादुर चन्द, दुर्गा पाठक करण क्षेत्री माधव कर्माचार्य र सञ्चय सिंह चयन भएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top