ज्ञानेन्द्र शाहीमाथि चितवनमा कुटपिट

ज्ञानेन्द्र शाहीमाथि चितवनमा कुटपिट

११ असोज, चितवन । भ्रष्टाचार विरुद्धको अभियान चलाइरहेका भनिएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ । कार्यक्रमस्थल जाने क्रममा आज दिउँसो पौने तीन बजे चितवनको ग्लोबल होटलबाट निष्किने क्रममा शाहीमाथि आक्रमण भएको हो ।

शाही चढेको माइक्रो बसमा पनि आक्रमणकारीले तोडफोड गरेका छन् । चितवनको चौविसकोटीमा आयोजना गरिएको कार्यक्रमलाई शाहीले संबोधन गर्ने तयारी गरिरहेका थिए ।

पाँच छ जनाको संख्यामा आएको युवाको समूहले शाहीमाथि आक्रमण गर्दा उनी घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । शाहीसँगै अन्य केही पनि घाइते भएका छन् ।

केही दिन अगाडि नेपालगन्जबाट काठमाडौं आउने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई अपशब्द प्रयोग गरेको तथा हुलहुज्जत गरेको अभियोगमा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो ।

शाही आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियन्ता बताउँदै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.