११ असोज, दुहबी ।
सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीका जाबिर हुसेनकी साढे ३ बर्षकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको छ ।
दुहबी –२ तुताहामा शिवशंकर साहको घरमा डेरा गरी बसेका हुसेनकी छोरी आज दिउँसो सोही स्थानमा रहेको पोखरीको पानीमा डुबिरहेको अवस्थामा ९ बर्षिय दाजु मोहमद अमिरले देखेका थिए ।
उनलाई आफन्तले पानीबाट निकाली उपचारको लागि सामुदायिक अस्पताल दुहबीमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।