खोलाले बगाएर १ जनाको मृत्यु

११ असोज ७६, आइतबार

११ असोज, खोटाङ ।
खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटे बस्ने अंदाजी बर्ष ५६ को दल बहादुर बि.क.को खोलाले बगाएर मृत्यु भएको छ ।

शनिबार दिउँसो २ बजेको समयमा सोही स्थानमा रहेको  दुक्चेङबा खोलाले बगाई रुखमा अड्की मृत्यु भएको अबस्थामा उनलाई स्थानीयले फेला परेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय चिसापानी बाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पुरा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top