मुख्यमन्त्री राउतलाई १ सय ११ किलोको मालाले स्वागत

८ फागुन ७४, बुधबार

विराटनगर, फागुन ९
प्रदेश २ को मुख्यमन्त्री भएपछि पहिलो पटक वीरगंज पुगेका भएका लालबाबु राउतलाई १ सय ११ किलोको मालाले स्वागत गरिएको छ ।

Advertisement

उद्योग वाणिज्य संघ वीरगंजले मुख्यमन्त्री राउतलाई १ सय ११ किलोको माला लगाइदिएको हो । ७० किलो भन्दा कम तौलका मुख्यमन्त्री राउतले आफ्नो काँधमा माला अड्याउन भरियाकै सहारा लिनु परेको थियो । संघका पदाधिकारीले मुख्यमन्त्रीलाई बिशेष मालाले स्वागत गर्दै बीरगंजलाई प्रदेशकै समृद्ध शहर बनाउन आग्रह गरेका छन ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेशको विकास तथा समृद्धिको लागि सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । वीरगंजमा मुख्यमन्त्री राउतले घण्टाघर चौकमा रहेको रामजनम तिवारीको शालिकमा माल्यार्पण समेत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top