१३ असोज, विराटनगर ।
विमा समितिको आयोजनामा ‘निप्स तथा बीमकका शाखा प्रमुख तथा प्रादेशिक प्रमुखसँग १ नम्बर प्रदेश स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।
कार्यक्रममा नियमकारी निकायबाट तर्जुमा भएका नियम तथा कार्यविधि,निर्देशिका तथा परिपत्र कार्यान्वयनमा देखा परेका अप्ठ्यारा र त्यसप्रति आवश्यक मस्यौदा तयार गर्नका लागि बिमाका कार्यन्वयन तहमा रहेका जीवन तथा निर्जीवन बिमा शाखाका शाखा प्रवन्धकहरुसँग छलफल गरिएको थियो ।
त्यसैगरी बिमामा देखिएको अस्वस्थ्य प्रतिस्पर्धालाई कम गर्न समेत आवश्यक पहल गर्ने तथा बिमाको जनचेतना अभिवृघिद्धका लागि राज्यका तीनवटै निकायबाट शसक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिईएको थियो ।

कार्यक्रममा वीमामा आबद्द भएका बीमकहरुको संघ, निप्स पुनर्गठन गरिएको छ । पुनर्गठन समितिको अध्यक्षमा मदन खतिवडा,महासचिवमा गणेश श्रेष्ठ,उपाध्यक्षमा द्वव्य प्रदिप बाबु तिवारी,उपाध्यक्षमा निर्मला सुवेदी ,सचिवमा सन्तोष आचार्य, ऋषिकेश पराजुली र कोषाध्यक्षमा हिरा निरौला चयन भएका छन् ।