१३ असोज, काठमाडौँ ।
अब्यवस्थित र दयनिय सडकको तत्काल मर्मतको माग गर्दै आएको साँखु–जोरपाटी–शंखरापुर सडक सरोकार समितिले सोमबारदेखि पुनः आन्दोलन थालेको छ ।
सरोकारावाला निकायलाई ध्यानाकर्ष गराउने उद्येश्यले समितिले आन्दोलन शुरु गरेको हो । सडक साँघुरो तथा भत्किएकाले आवतजावतमा समस्या भएको स्थानीय बासिन्दाले बताउँदै आएका छन् ।
पटक–पटक आन्दोलन गर्दा पनि समस्या समाधान नभएकाले पुनः सडक संघर्षमा आउन बाध्य भएको सरोकार समितिले जनाएको छ । समितिले शंखरापुर नगरपालिकासहितका नियकालाई यो दसैँ भित्र सडक मर्मत गरी सहज रुपमा आवतजावत हुने वातावरण मिलाउन माग गरेको छ ।
समितिले दबाबका लागि सोमबार खुलालटार चोकमा धर्ना दिएको छ । दसैँभित्र सडकको अवस्था सुधार नभएमा शृङ्खलाबद्ध आन्दोलन गर्न बाध्य हुने समितिले जनाएको छ ।