देशलाई छिट्टै भिखमंगामुक्त बनाउनेः प्रधानमन्त्री

१२ असोज ७६, सोमबार

१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भनेर निराशा फैल्याउने, असन्तुष्टि फैल्याउन खोज्ने एकथरी प्रवृति पनि मुलुकमा देखिएको उल्लेख गर्दै असन्तुष्टि जनाएका हुन् ।

सोमबार ललितपुरको भैंसिपाटीस्थित सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास तथा सम्पर्क कार्यालयहरुको शिलान्यास गर्दै उनले सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिएपनि त्यसको चर्चा समेत नगरिएको गुनासो समेत गरे।

‘केही पनि भएन भनेर, केही पनि भएको छैन भनेर निरासा फैलाउन खोज्ने, भएका कामहरुको चर्चा नगर्ने एकथरी प्रवृत्ति देखिएको छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘ननइस्यू’लाई ‘इस्यु’ बनाएर सरकारको विरोध मात्रै गर्ने सिलसिला चलाइएको छ ।’

त्यस अवसरमा प्रधानमन्त्री ओलीले सरकार हरेक दिन एक कदम अघि बढिरहेको दावी पनि गरे । उनले मोतीहारी–अमलेखगंज पेट्रोलियम पदार्थको पाईप लाईन विस्तार गरिएको पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले एक वर्ष पूरा नहुँदै मेलम्ची खानेपानी काठमाडौं ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे । ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको खानेपानी आउन ढिलाई भएको उहाँको स्पष्टिकरण थियो ।

प्रधानमन्त्री ओलीले बेसहारा भएर बसेका नागरिकलाई सरकारले उचित व्यवस्था गर्ने पनि बताए । सडकमा बेसहारा भएर कुनै नागरिक बसेको भए खवर गर्न पनि प्रधानमन्त्री ओलीको सार्वजनिक अपिल छ । उनले देशलाई छिट्टै भिखमंगामुक्त बनाउने घोषणा पनि गरे ।

प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारसँग निरन्तर सम्पर्क गर्नुपर्ने भएकाले ललितपुरमा उनीहरुका लागि निवास तथा सम्पर्क कार्यालय स्थापना गर्नु परेको पनि स्पष्ट पारे ।

उनले ललितपुरको सैवु आवास क्षेत्रमै केही समय भित्रै संघीय मन्त्रीहरुको निवास बनाउने कार्य पनि सुरु हुने बताए । सरकारले चालू आर्थिक वर्ष भित्रै स्टेट गेष्ट हाउस, सभाहल र संघीय संसदका सांसदहरुको आवास निर्माणको कामलाई पनि सुरु गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

यस अघि प्रधानमन्त्री ओलीले ३ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी सिंहदरबारमा संघीय संसद भवन र बालुवाटारमा प्रधानमन्त्री निवास नयाँ भवनको पनि शिलान्यास गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top