प्रहरी दिवसमा रक्तदान

प्रहरी दिवसमा रक्तदान

१४ असोज, विराटनगर ।
६४ औ प्रहरी दिवशको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला रेडक्रस सोसाईटी मोरङको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १ सय ८ प्रिन्ट रगत संकलन भएको छ ।

उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक पुरोषोत्तम कडेल, अन्य प्रहरी अधिकृत तथा जवानहरु र प्रशिक्षार्थी प्रहरी जवानहरुले रक्तदान गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.