ताप्लेजुङमा रुखबाट लडेर १ जनाको मृत्यु

ताप्लेजुङमा रुखबाट लडेर १ जनाको मृत्यु

१४ असोज, ताप्लेजुङ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ गौतमडाँडा बस्ने ३० बर्षीय गोबिन्द लिम्बुको रुखबाट लडेर मृत्यु भएको छ ।

सोमवार राती साँढे १० बजे घर नजिकै रहेको उत्तिसको रुखमा अरिङगालको चाका निकाल्न भनी रुखमा चढेका लिम्बु रुखबाट एक्कासी लड्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.