शान्ति सुरक्षाको उचित व्यवस्था गर्न प्रहरी महानिरीक्षकको निर्देशन

शान्ति सुरक्षाको उचित व्यवस्था गर्न प्रहरी महानिरीक्षकको निर्देशन

१४ असोज, काठमाडौँ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

मंगलबार महाराजगंजमा अत्याधुनिक शैलीमा निर्माण गरिएको महानगरीय प्रहरी वृत्त भवनको उद्घाटन गर्दै उनले भवनको उद्घाटनसँगै त्यसबाट प्रवाह हुने सेवापनि सुन्दर हुनुपर्ने आफूले अपेक्षा गरेको पनि बताए । प्रहरी महानिरीक्षक खनालले प्रहरीले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउँदै लैजाने गरी प्रहरी भवन निर्माण कार्यलाई पनि अत्याधुनिक बनाउँदै लगिएको पनि स्मरण गराए ।

सो भवनमा अत्याधुनिक लिफ्टको पनि व्यवस्था गरिएको छ । डिएफआईडी नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको लागत ११ करोड रहेको छ । प्रहरी महानिरीक्षक खनालले अत्याधुनिक सो भवन निर्माणसँगै त्यसले प्रवाह गर्ने सेवापनि आधुनिक हुने विश्वास व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.