मन्त्री घिमिरे भन्छन् : नेपाली भाषा नै कमजोर भयो

मन्त्री घिमिरे भन्छन् : नेपाली भाषा नै कमजोर भयो

१४ असोज, विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अंग्रेजीलाई प्रथामिकता दिँदा नेपाली भाषा कमजोर बन्दै गईरहेको बताएका छन् । मंगलबार विराटनगरमा सामाजिक विकास मन्त्रालयद्धारा आयोजित गत आर्थिक वर्षको वार्षिक प्रगती तथा चालु आर्थिक वर्षका कार्यक्रमहरु प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उनले नेपाली भाषा कमजोर बन्दै गईरहेकोले पछिल्लो पुस्ताले पुर्ण नेपाली बोल्न नसक्ने अवस्था सिर्जना हुनसक्ने बताए ।

उनले मातृभाषा पनि कमजोर बन्दै गईरहेको बताउँदै भाषाको प्रवद्धनका लागि छुट्टै कार्यदल बनाएर अध्ययन गरिरहेको जानकारी दिए । शैक्षिक गुणस्तर वृद्धि आफ्नो कार्यकालको चुनौती भएको बताउँदै मन्त्री घिमिरेले आफ्नो वद्धि विवेकले भ्याएसम्म यसका लागि प्रयास गरेको बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयले गत आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगती तथा चालु आर्थिक वर्षका महत्वपुर्ण कार्यक्रमहरुको प्रस्तुतीकरण तथा पत्रकारहरुसँग छलफल गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.