मौसममा सुधार आउन अझै एक साता लाग्न सक्ने

१५ असोज ७६, बुधबार

१५ असोज, काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्म नै मौसममा आंशिकदेखि सामान्य बदली हुने बताएको छ ।

Advertisement

हाल देशको पश्चिमी भूभागमा सामान्य बदली हुनुका साथै पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । पश्चिमी भूभागका थोरै स्थानमा वर्षा भइरहेको समेत पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै पश्चिमी तथा पूर्वी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङको सम्भावना रहेको हुनाले सामान्य सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

Advertisement

सामान्य अवस्थामा सेप्टेम्बर २३ देखि नै मनसुन सकिने भए पनि यसपालि पछाडि सरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top