×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

१५ आश्विन २०७६

१५ असोज, काठमाडौँ । 

यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो ।

Advertisement
Advertisement

अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १० रहेका उनको भनाइ छ ।

यस्तै निरौलाका अनुसार सोमबारसम्म सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ ले अनुमति लिएका छन् । यो हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो ।

यसको उचाइ आठ हजार १५६ मिटर रहेको छ । त्यस्तै आठ हजार ५१६ मिटर उचाइको लोत्से हिमाल आरोहणका लागि दुई समूहका १३ र सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि एक समूहका आठ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार आठ हजार २६७ मिटर उचाइको धवलागिरि हिमाल आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति लिएका छन् ।

अहिलेसम्म देशका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा ६८ समूहका ५१८ आरोही छन् । सोमा ११४ महिला र ४०४ पुरुष आरोही रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा निरौलाले जानकारी दिए ।

सगरमाथा आरोहणको इतिहास

सन् १९५३ मे २९ तारिखका दिन बिहान ११ः१५ बजे न्यूजिल्याण्डका नागरिक सरएडमण्ड हिलारी र नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेकेका थिए । त्यसपछि आरोहणको क्रम शुरु भएको पाइन्छ ।

सगरमाथा आरोहणको उत्तम समय वसन्त ऋतुलाई लिइने गरिन्छ । शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन । यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ ।

सन् २०१९ कै वसन्त ऋतुमा विभिन्न समूहका ३८१ ले आरोहण अनुमति लिएका थिए भने आरोही र उनका सहयोगीसहित करीब ७०० ले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए । आरोहणका क्रममा नौको ज्यान गएको थियो । उनीहरुको मृत्युको कारण सगरमाथा आरोहणका क्रममा ट्राफिकजाम भनेर दाबी गरिए पनि पर्यटन विभागले त्यसको खण्डन गरेको थियो ।

उक्त याममा हुने भीड र समस्यालाई शदर ऋतुले आकर्षण गर्न नसकेको आरोही बताउँछन् । आरोही किताबसिं तामाङका अनुसार शरद ऋतुमा आरोहण गर्न सकिने भए पनि हल्का वर्षातसँगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ ।

वसन्त ऋतुमा आधार शिविरदेखि क्याम्प–१ सम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने आफ्नो जिम्मेवारी मान्दैन र कुनै पनि कार्य गर्दैन ।

समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार वसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प–१ सम्मको बाटो बनाउन सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ । नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताबसिंले बताए ।

चार करोड बढी राजश्व सङ्कलन

Advertisement

विभिन्न हिमाल आरोहणबाट अहिलेसम्म चार करोड २८ लाख ४० हजार १७१ रुपैयाँ ५७ पैसा रोयल्टी प्राप्त जम्मा भएको पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरक–फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा रु ३७ हजार ५०० र गर्मीयाममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने कानूनी व्यवस्था छ ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top