पोखरीमा डुबेर १४ महिने नाबालकको मृत्यु

पोखरीमा डुबेर १४ महिने नाबालकको मृत्यु

१५ असोज, विराटनगर ।
मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाका अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

मंगलवार अपरान्ह पौने ५ बजेको समयमा खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.