खाद्य कम्पनीबाट ठगिए उपभोक्ता, ४१ किलोको पैसा तिरेर किनेको खसी ३५ किलो मात्रै !

१४ असोज ७६, बुधबार

१५ असोज, काठमाडौँ ।

धोवीधाराका भीम तामाङले मंगलबार खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा गएर एउटा खसी किने । ४१ किलो भनिएको उक्त खसीलाई २२ हजार ५ सय रुपैयाँ तिरे । जिउँदो खसीलाई प्रतिकेजी ५ सय ५० रुपैयाँमा पाउँदा उनी दङ पनि परे । सस्तैमा खसी किनेको खुशी धेरैबेर टिकेन । उनले किनेको खसी लगेर अर्को काँटामा तौल गर्दा ठगिएको चाल पाए, खसीको तौल त ३५ किलोमात्रै रहेको छ ।

कम्पनीले ४१ केजी भनेको खसीको तौल ३५ केजी मात्रै भएको थाहा पाएपछि तामाङ दोहोर्याएर कम्पनीको कार्यालयमा गए । उनले खसीको तौल कम रहेछ भनेपछि त्यहाँ एकछिन हल्लाखल्ला नै भयो, अन्त्यमा कम्पनीले सोही खसीलाई ३५ किलोको भनी ठहर्यायो र ३ हजार २ यि ५० रुपैंया कमको अर्को बिल काटेर पुरानो बिललाई रद्द गरिदियो ।

Advertisement

एकैछिनमा खसीको तौल ६ किलो घटाएर फर्किएका तामाङकै प्रतिक्रिया थियो– ‘यो त ठग्ने ठाउँ मात्रै रहेछ, काँटा(तोल मेशिन) केही बुझिँदैन । म त फर्केर आएँ, नआउने मजस्ता कति ठगिए होलान् ?’

संस्थानमै खसी किन्न आएका भक्तपुर सल्लाघारीका चुडामणि दाहालले पनि खसी त किने, तर सन्तुष्ट भएनन् । खाद्य कम्पनीले २७ किलो भनेर बेचेको छ, तर विश्वास छैन, कति रहेछ, बाहिर जोखेपछि थाहा हुन्छ ।’ उनले अघिल्लो साल पनि त्यसरी नै खसी किनेका थिए, पोहोर नै काँटा फेर्नुहोस् भने, तर कसैले नमानेको उनको गुनासो थियो । ‘जमाना डिजिटल युगमा पुगिसक्यो, पुरानो बुझ्दै नबुझिने काँटाको भरमा जोखेर खसी बेचिएको छ, विश्वासै लाग्दैन ।’

Advertisement

बजार मूल्य नियन्त्रण गर्न भन्दै खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले सोमबारदेखि खसीबोका र च्यांग्रा बिक्री सुरु गरेको छ । तर, बजार मूल्यभन्दा सस्तो भनिएको खसीबोका र च्याङ्ग्रा किन्दा पनि ग्राहक प्रफुल्ल हुनसक्ने अवस्था भने छैन । अहिले सामान्य बजारमूल्यभन्दा खसीको प्रतिकिलो ७० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ३० रुपैयाँ सस्तोमा बिक्री दाबी कम्पनीको छ । यसो हुँदा जिउँदो खसी ५ सय ५० र च्यांग्रा ७ सय ३० रुपैयाँमा बिक्री गरेको कम्पनीले जानकारी दिएको हो । अहिले बजारमा जिउँदो खसीबोका प्रतिकेजी ६ सय २० रुपैयाँ सम्म बिक्री हुने गरेको कम्पनीको दाबी छ ।

खाद्यले यसवर्षका दशैंका लागि काठमाडौं उपत्यकाका लागि करिब तीन हजारको संख्यामा खसीबोका तथा च्याङ्ग्रा ल्याएर बिक्री गरिरहेको छ । जसमध्ये १ हजार ९२० च्याङ्ग्रा र ९९१ वटा खसीबोका छन् ।

कम्पनीका बिक्रेता नरबहादुर बस्नेतले खसीबोको तौल गर्दा बढी देखिएको बारे अपवादमा कुनै कुनैमा त्यस्तो भएको स्वीकार गरे । हामीले काँटाको नजिक नबस्नुस् भनेका छौँ, तर उपभोक्ताहरु काँटामा नै झुमिन आएका कारण तौलमा गलत भएको हो–उनले भने । अहिलेसम्म एउटा मात्रै खसीको तौलमा घटबढ भएको उनको भनाई थियो । खसीबोका र च्याङ्ग्रा तौलिनका लागि कम्पनीले इभ्री काँटा प्रयोग गरिरहेको कम्पनीले जनाएको छ । (विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top