सफारी चार्जमा विवाद हुँदा विराटनगरमा छुरा प्रहार

सफारी चार्जमा विवाद हुँदा विराटनगरमा छुरा प्रहार

१६ असोज, विराटनगर ।
विराटनगर महानगरपालिका–१० सोमबारेमा छुरा प्रहारबाट १ जना घाईते भएका छन ।

बिहीबार दिउँसो सोही स्थान बस्ने पुर्णिमा मण्डल र उनका २० वर्षीय छोरा मेघनाथ मण्डलले ३४ बर्षिय माया मण्डलसंग सिटि सफारीको चार्जरको बिषयलाई लिएर बादबिबाद गर्दा मेघनाथ मण्डलले माया मण्डललाई सब्जी काटने छुरा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।

घाईते उनको कोशी अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने छुरा प्रहार गर्ने मेघनाथ मण्डललाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.