१६ असोज, विराटनगर ।
जानकी पोलीट्याङ्कको सौगात पोलिमर्स इन्डस्ट्रीजले अत्याधिक बलियो प्लाष्टिकबाट उत्पादित मल्टिपर्पोज ट्रोले बजारमा ल्याएको छ । भर्खरै मात्रै बजारमा आएको ट्रोलेमा बढी तौल भएको सामानलाई राखेर सजिलैसँग सार्न मिल्ने जनाईएको छ ।
जमिनमा खिया लाग्न नदिने, एलपीजी ग्याँस जम्न नदिने तथा बच्चादेखि बृद्धसम्म सबैले चलाउन मिल्ने सो ट्रोले धेरै कामका लागि प्रयोग गर्न सकिने जानकी पोलीट्याङ्कका सञ्चालक सन्तोष चौधरीले जानकारी दिए ।
ट्रोलेमा वाल्टिन, पानीको जार,डस्टविन, एलपी ग्याँस लगायतका सामानहरु राख्न सकिनेछ । ट्रोलेको मुल्य ३ सय ५० रुपैँया मात्र रहेको छ । जानकी पोलिट्याङ्कले ब्लो, ३ लेयर र ६ लेयरको थर्मल फाउन्टेन ट्याङ्क मास्टर ब्याच, वाल्टिन, २० लिटर क्षमतासम्मको बकेट लगायत विभिन्न सामाग्रीहरु उत्पादन गर्दै आएको छ ।