×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

प्रदेश २ का मुख्यमन्त्रीले लिए विश्वासको मत, कांग्रेसद्धारा विपक्षमा मतदान

१० फाल्गुन २०७४

जनकपुर, फागुन १०
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा एमाले ,माओवादी ,संघीय समाजवादी पार्टी र एक जना स्वतन्त्र सांसदको सहयोगबाट प्रदेश सभामा विश्वासको मत लिएका छन् ।

विश्वास मतको प्रस्तावको विपक्षमा नेपाली कांग्रेसले मात्रै आफनो मत राखेको छ । अन्य सबै राजनितिक दलले पक्षमा मतदान गरेका छन । प्रस्तावको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा १८ मत परेको थियो । विश्वास मतको प्रस्ताव राख्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सबैको सहयोग र सहकार्यबाट मात्रै प्रदेशको विकास सम्भव रहेको बताए । उनले संघीयताको कार्यान्वयन गर्नको लागि प्रदेशमा सरकारको स्थायित्वको आवश्यकता रहेको बताए ।

Advertisement
Advertisement

सभामा राजपा नेपालका नेता रामनरेश रायले सबैको सहयोगबाट मात्रै संघीयता सफल हुन सक्ने बताउदै संघीयताको सफल कार्यान्वय आजको आवश्यकता रहेको बताए । विश्वास मत प्रस्तावको पक्षमा आफनो मत राख्दै संघीय समाजवादी फोरमका प्रदेशसभा सदस्य योगेन्द्र राय यादवले संघीयताको लागि समेत अहिलेको सरकारको स्थायित्वको आवश्यकता रहेको बताए ।

प्रस्तावको समर्थन गर्दै नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले विकास र समृद्धिको लागि सरकारसँग आफु हरेक प्रकारको सहयोग र सहकार्य गर्न तयार रहेको बताए । उनले आफनो पार्टी विपक्षमा बसेर पनि प्रस्तावको पक्षमा मतदान गर्ने बताए ।

Advertisement
Advertisement

विश्वासत मत प्रस्तवको विपक्षमा आफनो मत राख्दै नेपाली काग्रेसका संसदीय दलका नेता राम सरोज यादवले नेपाली काग्रेस वर्तमान सरकारसंग सहमति र सहकार्य गरेर अगाडि बढन तयार रहेको बताउदै एकतर्फी रुपमा सहमति र सहकार्य हुन नसक्ने बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top