झलनाथ खनाल र अमेरिकी राजदुतबीच भेटवार्ता

१६ असोज ७६, शुक्रबार

१७ असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरीले आफ्नो मुलुकले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै पनि खालको सैन्य गतिविधि वा राजनीतिक गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ नल्याइएको स्पष्ट पारेका छन् ।

Advertisement

नेपालमा चीनले अघि सारेको ‘बिआरआई’ अवधारणामाथि व्यापक छलफल भईरहेका बेला अमेरिकी राजदुत बेरीले सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटगरी आफ्नो मुलुकले अघि सारेको ‘इण्डो–प्यासिफिक स्ट्राटिजी’ को उद्देश्य अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउनु नरहेको प्रष्टयाएका हुन् ।

शुक्रबार बिहान काठमाडौंको डल्लुस्थित खनाल निवासमै पुगेर उनले पूर्व प्रधानमन्त्री समेत रहेका खनालसँगको भेटमा नेपाल तटस्थ मुलुक भएकाले सो स्ट्राटिजीमा सहभागी गराउन अमेरिकाले कुनै पनि प्रयास नगर्ने पनि दोहोर्याए।

Advertisement

राजदुत बेरीले आफूसँगको भेटमा नेपाललाई आफ्नो मुलुकले अघि सारेको ‘इण्डो–प्यासिफिक स्ट्राटिजी’ मा सहभागी गराउन कुनै पनि प्रयास नगर्ने बताएको वरिष्ठ नेता खनालले जानकारी दिए ।

यस अवसरमा राजदुत बेरीले सो स्ट्राटिजी कुनै सैन्य वा राजनीतिक गतिविधि अघि बढाउनका लागि नभएको पनि स्पष्ट पारे ।

Advertisement

‘‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै सैन्य संगठन होइन् यो कुनै राजनीतिक मोर्चा पनि होईन,’ अमेरिकी राजुदत बेरीसँगको भेटवार्तालाई उधृत गर्दै वरिष्ठ नेता खनालले भने, ‘हामी नेपाललाई यसमा ल्याउन वा तान्न बिलकुलै प्रयत्न गरिरहेका छैनौं ।

’यता, वरिष्ठ नेता खनालले पनि नेपालले असंलग्नताको नीति लिएको हुनाले त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने जवाफ राजदुत बेरीलाई दिएका थिए ।

राजदुत बेरीसँग दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ट बनाउने विषयमा पनि छलफल गरिएको वरिष्ठ नेता खनालले बताए । नेपालमा चिनियाँ गतिविधि बढदै गईरहँदा अमेरिकी राजदुत बेरीले राजनीतिक भेटवार्तालाई महत्व दिदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top