चलचित्र ‘वार’को कमाइ १०० करोड नाघ्यो

१७ असोज ७६, शनिबार

१८ असोज, एजेन्सी ।

Advertisement

बुधबार भारतमा परेको गान्धी जयन्तीको अवसरमा रिलिज भएको चलचित्र ‘वार’ले बक्स अफिसमा बम्पर ओपनिङका साथ शनिवार सम्म ९५ करोड रुपैयाँ कमाएको छ ।

ओपनिङकै दिन चलचित्रले हिन्दी भाषामा ५१.६० करोडको कमाई गरेको छ । कुनै पनि हिन्दी चलचित्रले गरेको यो सबैभन्दा ठूलो ओपनिङ हो । यस्तै, तामिल र तेलुगु भाषामा चलचित्रले १.७५ करोडको कमाई गरेको छ ।

Advertisement

योसँगै चलचित्रले पहिलो दिन भारतमा ५३.३५ करोडको कमाई गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

कुन दिन कति कमायो ?
बुधबार ः ५१.६० करोड
बिहिबार ः २३.१० करोड
शुक्रवार ः २२.३५ करोड
शनिवार ः २०.३ करोड

Advertisement

यो चलचित्रले गतबर्षको तिहारमा रिलिज भएको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को रेकर्डलाई ब्रेक गरेको छ । चलचित्रमा बलिउडका दुई एक्सन नायक ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका छ ।

यशराज ब्यानरले यो चलचित्रको निर्माण गरेको हो । योसँगै ‘वार’ यो बर्षको सर्वाधिक धेरै ओपनिङ गर्ने चलचित्र समेत बनेको छ । चलचित्र ‘भारत’को ४२ करोडको रेकर्डलाई यो चलचित्रले तोडेको छ । यो चलचित्र भारतमा कुल ४ हजार हलमा रिलिज भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top