सिन्धुलीमा बस दुर्घटना, तीनको मृत्यु , पाँच घाइते

१८ असोज ७६, शनिबार

१८ असोज, काठमाडौं ।
काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको मिनी बस सिन्धुलीस्थित नेपालथोकमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

Advertisement

उक्त दुर्घटनामा ५ जना घाइते छन् ।  तीव्र गतिका कारण बा ३ ख २३५९ नम्बरको मिनी बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको छ । बसमा २८ जना सवार थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top