घर सम्झिदै नेपाली विद्यार्थीले दिल्लीमा लगाए टीका

२१ असोज, दिल्ली । नेपालीहरुको महान चाड बडादशैंको मुख्यदिन विजयादशमी, मान्यजनको हातबाट टिका जमरा ग्रहण गरि हर्षोल्लासका साथ मनाईदैछ । प्रवासमा रहेका नेपालीहरुले पनि यसपर्वलाई उत्साहका साथ मनाएका छन् ।

भारतको राजधानी दिल्लीमा प्रवासी नेपालीहरु खाशगरि अध्ययनका सिलसिलामा भारतमा रहेका विद्यार्थीहरुले पनि विजयादशमी पर्व मनाएका छन् । दशैं मनाउन घर जान नपाएका दिल्लीको लक्ष्मीनगरमा अध्ययनरत सिए विद्यार्थी र दिल्ली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरि विजयादशमी मनाएका हुन् । दिल्लीस्थित हातेमालो नेपाली विद्यार्थी समूहले लक्ष्मीनगरमा र दिल्ली विश्वविद्यालयको नेपाली विद्यार्थी संगठनले कमला नगरमा दशैं मनाउन घर जान नपाएकाहरुका लागि टिका जमरा कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा सीए अध्ययनरत विद्यार्थीसहित दिल्लीका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुका साथै प्रवासी नेपालीहरुले टिकाजमरा र आशिर्वाद ग्रहण गरेका छन् । लक्ष्मी नगरमा गरिएको समारोहमा बोल्दै हातेमालो नेपाली विद्यार्थी समूहका अध्यक्ष रोशन यादवले अध्ययनका कारण घर जान नसक्ने विद्यार्थीहरुका लागि हरेक वर्ष टिकाजमराको कार्यक्रम गर्दै आएको बताए ।

टीका कार्यक्रममा दिल्लीको कडकडडुमास्थित पशुपतिनाथ मन्दिरका पुजारी पण्डित यदुनाथले घर जान नपाएका विद्यार्थीहरुलाई टिका जमरा प्रदान गर्न हरेक वर्ष आउने गरेको बताए । समारोहमा उपस्थित नेपाली विद्यार्थीहरुलाई सेलरोटी सहितको मौलिक भोजन गराइएको थियो भने उनिहरुले नाँचगान गरि शुभकामना साटासाट गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top