दुई लाख नगदसहित ११ जुवाडे पक्राउ

२२ असोज ७६, बिहीबार

२३ असोज, काठमाडौं ।
दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।

Advertisement

टोखा नगरपालिका–११ गोंगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा बुधबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

Advertisement

प्रहरीले पक्राउ परेकाबाट तास र नगद रु दुई लाख १४ हजार बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top