अफ्रिकाको मालावीमा बन्धक बनाइएका तीन नेपाली महिलाको उद्दार

अफ्रिकाको मालावीमा बन्धक बनाइएका तीन नेपाली महिलाको उद्दार

२४ असोज, काठमाडौं । दक्षिणपूर्वी अफ्रिकाको मालावीमा बन्धक बनाइएका तीन जना नेपाली महिलाको उद्दार गरिएको छ ।

मालावीको राजधानी लिलोङ्ग्वेमा चार वर्षदेखि नाइट क्लब सञ्चालन गर्दै आएका भारतीय नागरिक अस्लाम अदाम कसरानीले उनीहरुलाई त्यहाँ पुर्‍याएका थिए । तीन नेपाली महिलालाई करिव एक महिनासम्म दुबईमा राखेर लिलोङ्ग्वे लगेका थिए ।

कसरानी १० फागुन २०७५ मा पक्राउ परेपछि चार जना नेपाली महिलाको उद्दार गरिएको थियो । उनीहरुको बयान लिएपछि नेपाल फिर्ता पठाउने प्रक्रिया सुरु भएको थियो ।

अनुसन्धान पुरा भएका तीन जनालाई मालावी इन्टरपोलले नेपाल फिर्ता पठाएको छ र उनीहरु बिहीबार काठमाडौं आइपुगेका छन् । अब उनीहरुसँग बयान लिएर नेपाल प्रहरीले थप अनुसन्धान गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.