सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो

२४ असोज, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

दुर्घटनास्थलमा ५ जनाको ज्यान गएको र थप ५ जनाको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ज्यान गुमाउनेको पहिचान भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल लगिएको छ । डीएसपी काफ्लेका अनुसार बसमा ५० भन्दा बढी यात्रु सवार रहेका थिए ।

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाण्डौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.