२४ असोज, काठमाडौँ ।
शुक्रबारदेखि आफ्नो प्रदर्शन आरम्भ गरेको प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ले पहिलो शोबाट दर्शकको निकै उत्साहजनक साथ पाएको छ । फेस्टिभ मुड’लाई लक्षित गर्दै दशैंको अन्त्यतिर रिलिज गरिएको सो चलचित्र हेर्न काठमाडौं र मोफसलका हलहरुमा दर्शकको उपस्थिति राम्रो छ । मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि दर्शकको उल्लेखनीय उपस्थिति रहेको निर्माण पक्षले बताएको छ ।
गम्भीर राजनैतिक विषयलाई हास्यप्रधान तरिकाले प्रस्तुत गरिएको यस चलचित्रलाई दर्शकले रुचाएका पनि छन् । बिहानी शो हेरेर निस्किएका अधिंकाश दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
दीपेन्द्र लामा निर्देशित यस चलचित्रको कथा पनि निर्देशक लामाले नै तयार गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । ‘छ माया छपक्कै’ को पटकथा दीपकराजले तयार गरेका हुन् । ‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ ।









