रोशनी शाहीको विज्ञप्ति : प्रहरीले बन्धक बनाएर मुद्दा दर्ता गर्न लगायो

रोशनी शाहीको विज्ञप्ति : प्रहरीले बन्धक बनाएर मुद्दा दर्ता गर्न लगायो

२४ असोज, काठमाडौँ ।
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीले बन्धक बनाएर मानसिक दबाब दिएपछि मुद्दा दर्ता गरेको बताएकी छन् ।

उनले शुक्रबार विहान हस्तलिखित प्रेस विज्ञप्ती जारी गरेर महरा निर्दोष रहेको भनी आफूले १५ असोजमा प्रहरीमा दिएको निवेदन नै आधिकारिक भएको समेत बताएकी छिन् । उनले आफूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न खोजेको तर प्रहरीले रोकेको बताएकी छिन् ।

उनले आफ्नो स्वास्थ्य अवस्थाको फाइदा लिंदै पत्रकार जवरजस्ती कोठामा आएर अन्तर्वार्ता लिएको र आफ्नो अनुमति विना प्रशारण गरेको आरोप समेत लगाएकी छिन् । उनले आफ्नो अनुमति विना अन्तर्वार्ता सार्वजनिक भएको भन्दै साइबर क्राइम अन्तर्गत मुद्दा हाल्ने समेत बताएकी छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.