२४ असोज, विराटनगर ।
जिल्ला प्रहरी कार्यालय मोरङ वर्षको सर्वाेत्कृष्ट प्रहरी कार्यालय बन्न सफल भएको छ । दशैभरका जिल्ला प्रहरी कार्यालयहरु मध्ये जिल्ला प्रहरी कार्यालय मोरङ सर्वाेत्कृष्ट भएको हो ।
६४ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङलाई सर्वोत्कृष्ट प्रहरी कार्यालयमा रुपमा सम्मान गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङका तत्कालीन प्रहरी उपरीक्षक मनोज केसीलाई प्रशंसा पत्र प्रदान गरे ।

केसी मोरङमा कार्यरत रहेका बेला ‘अन्तर जिल्ला कार्यदक्षता मुल्याङ्कन–२०७६’ को क्रममा गरिएको अनुगमन तथा मुल्याङ्कनमा मोरङ जिल्ला प्रहरी कार्यालय सर्वाेत्कृष्ट ठहरिएको हो ।