२५ असोज,उदयपुर ।
उदयपुरमा आमा छोरीको घाँटी रेटेर हत्या भएको छ ।
उदयपुुरको त्रियुगा नगरपालिका–९ चौकीबारीमा शुक्रबार राति ३० वर्षीया शारदा चौधरी र उनकी ९ वर्षीया छोरी रचनाको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।
शारदाका श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा छन् । घरमा आमा छोरी मात्रै बस्दै आएका थिए । डीएसपी केसीका अनुसार शारदाले शुक्रबार साँझसम्म आफ्नो माइतीमा फोन सम्पर्क गरेको पाइएको छ ।
घटना अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर मगाइएको डीएसपी केसीले बताए ।