टर्कीको आक्रमणले एक लाख सिरियाली घर छोड्न बाध्य

२५ असोज ७६, शनिबार
Share this
755shares

२५ असोज, एजेन्सी ।
टर्कीले जारी राखेको सैन्य अभियानका कारण सिरियाली सर्वसाधारण बिस्थापित भएका छन् ।

Advertisement

सिरियाको उत्तरी क्षेत्रमा हालसम्म झण्डै एक लाख मानिस घर छोड्न बाध्य भएको जनाइएको छ । टर्कीले गरेको आक्रमणका कारण स्थानीय बासिन्दा आफ्नो घर छोडेर हिँड्न बाध्य भएको संयुक्त राष्ट्रसंघले छ ।

टर्कीले कुर्दिसको नियन्त्रणमा रहेको क्षेत्र लक्षित गरी अन्तर–सीमा सैन्य अभियान गएको बुधबारदेखि सुरु गरेको हो । टर्कीको बृहत आक्रमणका कारण हालसम्म कम्तिमा ११ जना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

Advertisement

टर्किस सेनाले आफ्ना एक सैनिकको पनि मृत्यु भएको जनाएको छ । मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको मानवअधिकारवादी समूहले बताएका छन् ।

टर्कीलाई आक्रमणका लागि स्वीकृति दिएको आरोप अमेरिकामाथि लागेको छ । तर अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सो आरोप अस्वीकार गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top